रबि लामिछानेको समर्थनमा चितवनमा प्रदर्शन

३१ श्रावण २०७६, शुक्रबार ११:१७

चितवन, सञ्चारकर्मी रबि लामिछानेलाई पक्राउ गरिएको विरोधमा चितवनमा उनका समर्थकहरुले प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरुले लामिछाने निर्दोष रहेको र उनलाई फसाउन पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणसँग जोडिएको भन्दै विरोध जनाएका छन् ।

प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय चितवनअघि भेला भएर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सयौं सर्वसाधारण भेला भएका छन् ।

बिहीबार काठमाडौंबाट पक्राउ गरी सञ्चारकर्मी लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अनुसन्धानका लागि चितवन लगिएको छ । उनीहरुलाई अनुसन्धानका लागि म्याद थप गराउन जिल्ला अदालतमा पेश गर्ने तयारी गरिएको छ ।