रक्सी बनाउनेलाई १० हजार जरिवाना

२९ मंसिर २०७६, आईतवार ११:१६

काठमाडौं , भेरी नगरपालिकामा घरेलु मदिरा उत्पादन गर्नेलाई १० हजार रुपैयाँ जरिवाना तोकिएको छ । स्थानीय टोल सुधार समितिले घरेलु जाँड र रक्सी उत्पादन गर्नेलाई जरिवाना तोकेको हो । यस्तै मदिरा सेवन गर्नेलाई भने पाँच सय रुपैयाँ जरिवाना तोकिएको छ ।
जाँड रक्सी खाएर युवाहरु बिग्रन थालेको भन्दै भेरी नगरपालिका ३ पीपलडाँडाका स्थानीय टोल सुधार अभियानमा जुटेका छन् । सिद्दिगणेश टोल विकास समिति गठन गरेर उनीहरुले टोललाई मदिरा निषेधित बनाउने अभियान थालेका हुन् ।जाँडरक्सी उत्पादन, बिक्री वितरण र सेवन गर्न नपाइने निर्णय भएको टोलविकास समितिका अध्यक्ष विजयजंग शाहले बताए । अन्नपूर्ण पोस्ट् दैनिकमा यो खबर छ ।