रक्तचन्दनसहित दुई जना पक्राउ

१२ भाद्र २०७६, बिहीबार १३:२८

काठमाडौं, प्रतिबन्धित रक्तचन्दनसहित काठमाडौंको बौद्धबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) र बौद्ध प्रहरीको सहयोगमा ८३ केजी रक्तचन्दनसहित बुधबार साँझ दुईजना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा मुगुका ६० वर्षीय खेम्बु लामा र २० वर्षीय नोर्बुम लामा रहेको महानगरी प्रहरी प्रभाव बौद्धका प्रहरी प्रमुख डिएसपी नरेन्द्र चन्दले जानकारी दिए।

भारतबाट ल्याएर रक्तचन्दन नेपाल हुँदै सिन्धुपाल्चोकको तातोपानी नाकाबाट अवैध रुपमा तिब्बत पैठारी हुने गरेको थियो।