यौन, यौनाङ्ग र बलत्कार÷बलत्कारजन्य अपराध न्यूनिकरणका उपायहरु

१४ भाद्र २०७७, आईतवार १५:५५

यौनशिक्षाः
हेमराज भुसाल ,

सामानयतया यौन भन्नाले योनी सम्बन्धी भन्ने बुझिन्छ । योनी भन्नाले उत्पादनस्थल भन्ने बुझिन्छ । यसकै आधारमा स्त्री जातीको बच्चा जन्माउने अंगलाई योनी भनिएको हो । योनीमा गरिने वा योनी सम्बन्धी गरिने कार्यलाई यौनकार्य अर्थात् संभोग, मैथुन आदि नामले संबोधन गरिन्छ या बुझिन्छ । त्यसैगरी यौन सम्बन्धी कार्यमा प्रयोग हुने भित्री या बाहिरी अंगलाई यौनाङ्ग भनिन्छ । त्यसैले संभोग भन्नाले स्त्री जातीको योनीमा पुरुषजातीको लिंग छिराई घर्षण गराएर बीर्य पतन गराउने कार्यलाई बुझिन्छ । सामान्य रुपमा सम्झदा यो एउटा सामान्य कार्य नै हो । तर कुनै पनि जीवमा बंश निरन्तरता दिन र प्रकृतिमा इकोसिष्टमलाई कायम राख्नको लागि यो बिशेष जरुरी र महत्वपूर्ण कार्य हो । त्यसैले प्रकृतिले यो कार्य सहज र स्वभाविक बनाउनको लागि प्राणी मात्र नभई बनस्पति किटपतंग सबैमा आवश्यक अवस्था र प्रक्रिया तयार पारिदिएको छ । यसरी प्रकृतिको नियम अनुसार गरिने यौन प्रक्रियालाई प्राकृतिक यौनक्रिया पनि भनिन्छ ।
आजभोलि बिज्ञान, प्रबिधी र मानिसका् सोंचमा आएको प्रगति र परिवर्तनले बिभिन्न अप्राकृतिक मैथुन प्रक्रियाको पनि बिकास गराएको छ । जस्तै पशुहरुमा पुरुष जातीको बीर्य निकाली सुईबाट सिधै स्त्रीजातीको योनीमा पुराइन्छ । त्यस्तै मानिसमा पनि योनीमा पूराउनुको साथै बाहिर परिक्षण नली (Test Tube) मा स्त्री डिम्ब र पुरुषको शुक्रकीट मिलनबाट गर्भाधान गराई स्त्रीको पाठेघरमा राखिन्छ । खासगरी गर्भाधानकै लागि गरिने यी कार्यहरुलाई क्रित्रिम गर्भाधान भनिन्छ ।
अब मानिसमा मैथुन गर्ने इक्षा र आवश्यकता हुँदा स्त्री या पुरुष कसैले उपयुक्त जोडी नपाएको बेलामा हातद्वारा आप्mना यौनाङ्ग खेलाएर बीर्य या योनिरस स्खलन गराउने पनि गर्दछन् । यस्तो कार्यलाई अप्राकृतिक मैथुन भनिन्छ । कतिपय बेलाबखत र अवस्थामा यो आवश्यक मानिए पनि यो बिकास र विवस्ताले ल्याएको बिकृति हो ।
अब यहीनेर प्रश्न आउँछ कि किन मानिसहरुले हस्तमैथुन गर्छन् ? किन बलत्कार गर्छन् ? यी प्रश्नहरु सामान्य होइनन् । आजभोलि हाम्रो समाजमा बढ्दै गएको बलत्कारजन्य अपराध र यसको नियन्त्रणमा आएको समस्यालाई मध्यनजर गरी यो बिषयलाई आम बहसको बिषय बनाई समाधानको उचित र प्रभावकारी उपाय खोजिनु जरुरी भएको छ ।
सामान्यतथा हाम्रो समाजमा एकले अर्कोको चाहना बिना जबरजस्ती यौनकार्य गर्नुलाई जबरजस्ती करणी अर्थात बलत्कार भनिन्छ । २०७५ भाद्र १ गतेदेखि लागु भएको कानुन अनुसार त १८ बर्ष मुनिका बालिकालाई ललाई फकाई मन्जुरी गराएर संभोग गरे पनि बलत्कार मानेको छ । यसरी एकले अर्कोलाई गरिने बलत्कार परबलत्कार हो भने आप्mनै हातले यौनाङ्ग खेलाएर गरिने अप्राकृतिक मैथुनक्रिया आत्मबलत्कार हो । हत्या र आत्महत्या जस्तै बलत्कार र आत्मबलत्कार दुबै अपराध हुन् । यी दुबै प्रकृतिका अपराधहरु समाजमा मैलाउँदै गएको गलत परिवेश र गलत प्रबृत्तिका उपजहरु हुन् । प्रकृतिले हरेक कुरामा माग र पुर्ति अर्थात आवश्यकता र उपलब्धता तथा अनावश्यकता र निर्मूलताको सन्तुलन मिलाएको छ । तर मानिसले प्रकृतिको नियम भंग गराएर प्रतिकुल वातावरण सृजना गराएको छ । यसैका परिणम हुन भन्न सकिन्छ यी उपरोक्त अपराधहरु ।
प्रकृतिले सृष्टी थाम्नको लागि सन्तान उत्पादनको नियम बनाइदिएको छ । यसको लागि भाले र पोंथीको मिलन र संभोग अनिवार्य छ । यदि भाले र पोंथी दुबैमा कसैले यौन कार्यमा मन जगाएनन भने त सन्तान उत्पादन संभव हुदैन । त्यसैले हरेक प्राणीमा पहिले सन्तान उत्पादन र यौनको निम्ति परिपक्व गराउने र संगसगै यौनको लागि इक्षा जागृत गराउने र एक अर्कामा आकर्षण गराउने यी सबै व्यवस्था प्रकृतिले आवश्यकतानुसार उचित किसिमले मिलाएको छ ।
यो प्रकृया हरेक पशुप्राणी चराचुरङ्गी, किटपतंगहरुमा देख्न सकिन्छ । त्यसैगरी मानिसमा पनि छ । फरक के छ भने प्रकृतिले अरु प्राणीहरुमा प्राय लामो अबधी र निश्चित ऋतु या समयमा मात्र सन्तान उत्पादन ब्यवस्था दिइको छ । तर मानिसमा केही केही दिन बाहेक लगभग सधैजसो समयलाई सन्तान उत्पादनको लागि उपयुक्तता प्रदान गरेको छ । यसको लागि पुरुष जातिलाई हरेक बेला तैयारी र असंख्या मात्रामा शुक्रकिट उत्पादन गर्ने क्षमता प्रदान गरेको छ । स्त्रीजातीले निश्चित अवधीसम्म आप्mनो कोखमा बच्चा राखेर जन्माउनु पर्ने हुनाले उनीहरुलाई समय र बेला बखतमा मात्र यो अवस्था आउने र सिमित संख्यामा अण्ड उत्पादन गर्ने क्षमता प्रदान गरेको छ । त्यसैले पनि सामान्य अवस्थामा हेर्ने हो भने पुरष जातीको भन्दा स्त्री जातीको उत्पादन बढी हुने गर्दछ । यसैको परिणाम भन्न सकिन्छ कि छोरी भन्ने थाहा पाउँदा गर्भपतन गराउने कुप्रचलनका बाबजुत पनि हाम्रो देशमा पुरुषको भन्दा महिलाको संख्या बढी भएको । यो संयोग मात्र हैन । यसमा बैज्ञानिक आधार र प्राकृतिक व्यवस्था नै छ ।
मानिसमा हेर्ने हो भने स्त्रीमा दुबै स्त्रीजीन xx र पुरुषमा भने एउटामात्र पुरुषजीन y र अर्को स्त्रीजीन x गरी xy प्रदान गरेको छ । फलस्वरुप स्त्रीको जुनसुकै जीनसंग पुरुषको स्त्रीजीन मिल्दाखेरी xx बन्न गई स्त्रीको जन्म हुन्छ । त्यसैगरी पुरुषमा रहेको एउटामात्र पुरुष जीनको कुनैपनि स्त्रीजीन x संग मिलन हुँदा xy बन्न गई पुरुष जन्मन सक्छ । यसरी पूरुष भन्दा स्त्री जन्मने संभावना पचास प्रतिशतले बढी छ । यसरी हेर्दा प्राकृतिक रुपमै पनि एउटा पुरुषले धेरै स्त्रीलाई संभोग गर्नु पर्ने हुन्छ भनी प्रकृतिले पनि पुरुषलाई त्यसै बमोजिमको क्षमता प्रदान गरेको छ ।
अब आकर्षणको कुरा गर्दा यौन क्रिया अनिवार्य भएकोले प्रकृतिले निश्चित उमेर अवस्थानुसार सन्तान उत्पादनको लागि परिपक्वता प्रदान गर्दछ । यस क्रममा शारीरिक रुपमा यौनांगको साथै मानसिक रुपमा यौन चाहनाको पनि बिकास गराउँछ । स्त्रीमा पुरुषलाई आकर्षण गर्न नयाँ रंग र अंग प्रदान गर्छ । पुरुषमा स्त्रीप्रति आकर्षित हुने चाहना र उमंग प्रदान गर्दछ । स्त्रीजातीमा जवानीमा बढ्दै आएका सुडौल पिंडौला, पुठो र पुष्टहुँदै गएका स्तन पुरुषका लागि स्त्रीप्रतिका आकर्षणका केन्द्र हुन । प्रकृतिले मानवमा पशुप्राणीमाभन्दा फरक व्यवस्था गरिदिएको छ । त्यसैले त पशुप्राणीमा गर्भाधान पछि मात्र स्तन, पुठो आदिको बिकास हुन्छ भने मानिसमा गर्भाधान पूर्व नै जवानी संगसंगै बिकास हुन्छन् । त्यसैगरी स्त्रीलाई पनि पुरुषको पुष्ठ छाती, बलिष्ट बाहुहरु आदिले आकर्षण गर्छ । त्यस्तै अनुहारको सुन्दरता, बोली, भाषा, पोषाक आदि आकर्षणका सहायक आधारहरु हुन् । स्त्रीका उपरोक्त अंगहरु हेर्दा पुरुरुष आकर्षित हुने तथा पुरुषले स्त्रीका ती अंगहरु स्पर्स या चुम्बन गर्दा स्त्रीहरुलाई आनन्द अर्थात उत्तेजना आउने यो प्रकृतिले दिएको बरदान हो । प्राकृतिक नियम हो ।
एकातिर जवानीसंगै उत्पन्न हुने प्रजनन् रसहरुले मानसिक रुपमा यौन इक्षा जगाइदिने अर्कोतिर शारिरिक अंगहरुले त्यसमा उत्तेजना थपिदिने भई स्त्री पुरुष एक आपसमा आकर्षत भई यौन क्रिया गर्न उत्प्रेरित हुन्छन् । यसरी हुने यौन क्रियाको फलस्वरुप गर्भाधान भई सन्तान उत्पादन हुने प्रकृतिक आवश्यकता र नियम हो ।
यसरी यो स्पष्ट हुन्छ कि खासगरी महिलाहरुका स्तन, पुठो र पिडौंला संभोगको निम्ति पुरषहरुलाई आकषर्ण गर्ने अंगहरु हुन् । योनी त प्रमुख अंग हुदै भयो । यी अंगहरु संभोगको आवश्यक हुँदा त्यसको तैयारीको लागि मात्र सम्बन्धित पुरुषलाई मात्र देखाउने अंगहरु अन्तरगत पर्दछन् । त्यसैले त पहिलेदेखि हाम्रो अग्रजहरुले बेला न कुबेला पुरुषहरु स्त्रीहरुप्रति यौनको लागि आकर्षित नहोउन र शान्ति सुव्यवस्था कायम रहोस भनी महिलाका यस्ता महत्वपूर्ण र आकर्षक अंगहरुलाई मुल्य र मान्यता दिई गोप्य राख्ने परम्परा चलाएका थिए । र्कुकुच्चासम्म छोप्ने सारी, राम्ररी छाती छोप्ने चोली त्यसैमा पनि पुष्ट छाती र पुठो बाहिरैबाट पनि आकार देखिएला भनेर जवानी चढेका स्त्रीले छाती र पुठो दुवै छोप्ने कपडा घलेकी लगाउने परम्परा थियो ।
हो, समय अवस्थानुसार गुन्यू र चोली गोह्रौं र असजिलो महसुस गरियो । कुर्ता र सुरुवालको चलन पनि आएकै छ । ती खुकुला र हल्का कपडा लगाउँदा पनि पुष्ट छातीलाई चुन्नी अर्थात् सल अ‍ेढेर छोप्दथे । हाल पनि ती अंग देखाउन हुन्न, लाज हुन्छ भन्नेले छोपेरै हिड्छन् । सुरक्षाको निम्ति नारीले यी अंगहरु जथाभावी नदेखाउन भन्नका खातिर ती अंगहरु अरुले देखे लाज हुन्छ भन्ने मान्यताको बिकास गराएका थिए । त्यसैले नारी पुरुष संयमित थिए । अनुशासित थिए । समाजमा शान्ति थियो ।
आजभोलि बिज्ञान र प्रबिधीले संसारलाई एउटा कोठा सरह बनाइदियो । भिन्न देश अनुसार कानुन, व्यवस्था सेवा सुभिधा, अवस्था, धर्म परम्परा सबै फरक छन् । तर बाहिरी फेसन र चालचलन यति छिटै नक्कल हुने गरेका छन् कि एक दुई दिन पनि लाग्दैन । यसले गर्दा मान्छेले अफ्नो देशको अवस्था व्यवस्थाको मतलवै नगरी आप्mनो औकात बिर्सेर अरु घोडा चढेको देखेर धुरीमा चढ्ने, अरु बन्जीजम्प गरेको देखेर सिधै भीरबाट हाम फाल्ने फाल्ने गरे जस्तै गरेका छन् । त्यही किसिको चेतनास्तर बढेको छ, ।
अरु देशमा खुलायौन व्यवस्थानुसार व्यवस्थित र सुरक्षित यौन केन्द्रहरु छन् । लामो समयपछि उनीहरु त्यो अवस्थामा पुगेका हुन । तिनीहरु सबैमा एउटै सौंचको बिकास भैसकेको छ र त्यहाँ छोटा कपडा आकर्षक पोशाक पनि हाम्रो देशमा जति प्रत्यूतपादक नभएको हुन सक्छ । तर पनि त्यो खालको पोशाकलाई ती देशका नागरिकहरु प्नि सबैले पचाएका भने हुदैनन् ।
तर हाम्रो देशको धर्म, संस्कृति, परम्पररा र नागरिकको चेतनास्तर बिल्कुल फरक छ । अरुदेशसंग मेल खाँदैन, छुट्टै छ । अरु देशमा दुध उम्लिए जस्तै फेसन उम्लिएको छ । महिला स्वतन्त्रता र अधिकारका नाममा छोटा कपडा लगाउने र आकषर््ाक बन्ने तथा धेरै भन्दा धेरै अंग प्रदर्शन गर्ने होडबाजी मात्र होइन नाङगै हिड्न पनि कुनै लाज नमान्ने र वैयक्तिक स्वतन्त्रता ठान्ने प्रबृत्ति हावी भएको छ । पुरुषहरुले बरु हाप पाइन्ट लगाएर बाहिरतिर हिड्न अप्mठ्यारो मानेका हुन्छन् । स्त्रीहरुले पिन्टी जस्तै एकबित्ते कट्टु लगाएर सहजै गाउँशहर घुम्दछन् । लगाएका कपडाहरु पनि शरीरकै आकारमा टिपिक्क मिलेका र कसिला हुनाले मानौ कपडा लगाएकै छैन जसरी बाहिरबाट पनि भित्री अंगहरु जस्ताको त्यस्तै देखिन्छन् । अझ कपडाको रंग पनि छालाको जस्तै बनाएर टिपिक्क मिलेका कपडा लगाएपछि कपडा लगाएकी छु भन्नको लागि मात्र भएका छन् । देख्नेहरुको लागि उनीहरुनाङ्गैजस्तै देख्छन् । स्त्रीजातीका यौनाङ्ग यसरी स्पष्टरुपमा पुरुषजातीले देखेपछि जो कोहीमा पनि उत्तेजना आउनु स्वभाविकै हुन्छ ।
बाहिरी फेसनमा मात्र कहाँ हो र ? हातहातमा मोबाइल र घरघरमा इन्टरनेटले गर्दा आजभोलिका युवायुवतीहरुले जस्ता खोज्यो त्यस्तै ब्लुफिल्हरु हेर्न पाएका छन् । तर यौन शिक्षाको बारेमा केही जानकारी हुदैन, छैन । यौन क्रिया पश्चात परिणाम केके हुन सक्छन् । आफहरुलाई शारीरिक, मानसिक जिम्मेवारी के थपिन्छन् । सामाजिक दृष्टीकोण कस्तो हुन्छ लगायतका तमाम कुराहरु केही थाहा हुदैन । तर यस्ता फिल्महरुले उनीहरुमा मात्र यौनचाहानाको आबेग बढेको हुन्छ । अनि त्यस्ता उत्तेजित स्त्रीहरुले त पोशाक मात्र उत्तेजक होइन क्रियाकलाप, हेराइर्, बोलाई पनि नखरायुक्त गरेका हुन्छन् । सिधा भन्दा पुरुषलाई बोलाइ रहेका हुन्छन् ।
ठिक त्यही अवस्थाबाट बिज्ञान प्रबिधीको सुबिधाले पुरुषहरु पनि अलग छैनन् । उनीहरु पनि त्यस्तो बातावरणले तातीरहेका हुन्छन् । त्यसैमा यत्रतत्र स्त्रीहरुको उत्ताउलो फेसन र उछ्रिंखल व्यबहारले पुरुषलाई आगोमा घिउको थप्ने काम गर्दछ । सबै मानिसमा समान यौन चाहना हुन्छ भन्न सकिदैन । यसैगरी सबैमा पुरुषमा आपूmलाई नियन्त्रण गर्नसक्ने क्षमता पनि प्रयाप्त हन्छ भन्न सकिदैन । शरीरमा उत्पन्न हुने यौन हर्मौनको उतपादनको कम बेसीको आधारमा यौन चाहनाको कमी र बढी भन्ने निर्धारण हुन्छ । त्यसकै आधारमा उनीहरु प्राकृतिक नियमनुसार यौनको लागि तैयारी र उत्तेजित तथा आक्रामक बन्दछन् ।
प्रकृतिलाई नियन्त्रणमा लिन सकनेलाई पनि त्यति सजिलो छैन । तर सबैले आफूलाई नियन्त्रणमा लिन सक्दैनन् । तब उनीहरुमा जसरी पनि संभोग गर्नै पर्ने मानसिकता उम्लिएर जान्छ । उनीहरुमा उत्पन्न असहज परिस्थितिमा अपराधिक मानसिकता अर्थात् पागलपनको बिकास हुन्छ । फलस्वरुप त्यस्ता पागल पुरुषहरुले बाल, बृद्धा, हाडनाता र पशु केही नभनी जो वा जे नजिकमा भेटयो उसैलाई बलत्कार गर्छन् । एक दुईजनाले एक ठाउँमा गरेको उछ्रिङ्खल कार्य, अंग प्रदर्शन जस्ता कार्यको दुष्परिणाम अर्को निर्दोष ब्यक्तिले भोग्न परिरहेको हुन्छ । यसरी पुरुषले आफूले गरेको एउटा गल्तीलाई लुकाउने दुष्प्रयासस्वरुप बलत्कार पछि हत्या समेत गर्न पुग्छन् । यसरी समाजमा बलत्कार र हत्याका अपराधिक घटना बढदै जान्छन् ।
कतिपय अवस्थामा स्त्रीपुरुष दुबैको चाहना र सहमति मै पनि यौन शिक्षाकै अभावमा असुरक्षित यौन गर्न पुग्छन् । त्यो पनि कसरी व्यवस्थित गर्ने भन्ने थाहा नहुँदा पुरुषमा हत्याको र स्त्रीजातीमा आत्महत्या जस्ता जघन्य अपराधको मानसिकता पलाउँछ । अनि समाजमा यसको असर छताछुल्ल हुन्छ । बलत्कार र हत्याका घटनाहरु कम हुनुको बदला यस्ता घटनाहरु दिनानुदिन बढ्दै जान्छन्, गएका छन् । त्यो उत्तेजनामा उनीहरुको दिमागमा न आजिवन जेल न फाँसिकै सजायको डर हुन्छ न समाजले गर्ने तिरस्कारको नै । हुन्छ त केबल जसरी पनि संभोग गर्ने पछि जे पर्ला …भन्ने मानसिकता मात्र हुन्छ ।
त्यसैले बलत्कार र बलत्कारजन्य अपराध कम गर्न महिला अधिकार, आधुनिकता, स्वतन्त्रताको नामम मौलाउँदै गएको छाडा संस्कृति, उत्ताउलो पन र नैतिक हीनतालाई पनि नियन्त्रण गर्नु जरुरी छ । त्यसैगरी स्कुलमा बाबालिकाहरुलाई यौन तथा नैतिकशिक्षा दिनु पर्छ । यस अन्तरगत खासगरी उनीहरुको जवानी आउनु भन्दा पहिले देखिनै जवानीमा आउने शारीरिक तथा मानसिक परिवर्तनको बारेमा पुर्ण जानाकारी दिदै संभोगा के हो ? संभोग किन, कहिले र कसरी गर्नुपर्छ ? गर्भाधान के हो कसरी हुन्छ ? सुरीत र असुरक्षित गर्भाधान भनेको के हो ? किन सुरक्षित संभोग मात्र गर्नु पर्छ भन्ने बारेमा प्रयाप्त जानाकारी गराउनु पर्छ ।
कस्तो संभोग असुरक्षित र कस्तो सुरक्षित हुन्छ ? संभोगजन्य अपराधहरु के के हुन ? यिनमा के कस्तो दण्ड सजाय र जरिवाना हुन्छ भन्ने बारेमा पनि प्रयाप्त जानकारी स्कुलशिक्षामा नै समाबेस हुनु पर्छ । यसो भयो भने मात्र बलत्कारका घटनामा कमी आउँदै जाने र समाजमा शान्ति कायम गर्न सजिलो हुन देखिन्छ ।
अस्तु ।