युनिसेफको गाडीले मोटरसाइकललाई ठक्कर, युवक घाइते

५ असार २०७५, मंगलवार ११:०३

असार ५, काठमाडौं ।

काठमाडौंको लाजिम्पाटमा युनिसेफको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक युवक घाइते भएका छन् ।

घाइते हुनेमा काठमाडौंको चंगोल बस्ने १८ वर्षीय ट्रपिस नेपाल छन् । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । हाल उनको अवस्था सामान्य रहेको लाजिम्पाटस्थित ट्राफिक प्रहरीले जनाएको छ ।

 

युनिसेफको ६६–०–००८२ नम्बरको कारले मोटरसाइकलाई ठक्कर दिँदा चालक नेपाल घाइते भएका थिए । दुर्घटनाबाट मोटरसाइकलको अगाडि पट्टीको भाग टुक्राटुक्रा भएको थियो ।

 

कार चालक नेदरल्याण्डका नागरिक भएको प्रहरीको भनाइ छ । थप अनुसन्धान जारी रहेको बताइएको छ ।