युएईमा एक नेपालीलाई जन्मकैद

२४ माघ २०७४, बुधबार ११:५९

माघ २४, काठमाडौं । मध्यान्ह दैनिक

यूएईमा घरेलु कामदारका रुपमा कार्यरत एक नेपालीलाई आजीवन कारावासको सजाय तोकिएको छ ।

३१ बर्षीय ती नेपालीलाई उनकी नेपाली प्रेमीकासँग शारीरिक सम्बन्ध पश्चात उनको हत्या गरेको अभियोग लागेको छ ।

ती सजाय पाएका नेपालीको नाम भने गोप्य राखिएको छ । त्यहाँको खालिज टाइम्सका अनुसार शारिरीक सम्बन्ध पश्चात युवाले नेपाली महिलालाई बाथरुममा टाउको ठोक्काई दिएको र सोही कारण उनको मृत्यु भएको थियो ।

अदालतले ती नेपालीलाई अनैतिक यौन सम्बन्ध राखेको र हत्या गरेको अभियोगमा सजाय तोकेको हो ।

उनले अदालतको निर्यणमा चित्त नबुझेमा १५ दिनभित्र पुनरावेदन गर्न सक्ने जनाइएको छ ।