यी हुन् गर्भावस्थामा चाहिने पोषिला खानेकुरा

८ पुष २०७६, मंगलवार ११:५७

गर्भावस्थाको बेलामा महिलालाई बिभन्न प्रकारका पौष्टिक तत्वहरुको आवश्यकता पर्दछ । अन्य अवस्थामा भन्दा गर्भावस्थामा बढीमात्रामा पौष्टिक आहारको आवश्यकता पर्ने भएकोले यी पौष्टिक तत्वहरु खानु उपयुक्त हुन्छ ।

क्यालोरी–भात, रोटी, घिऊ, तेल सख्खर, चिनी
प्रोटिन –दाल, गेडागुडी, माछा, मासु, अन्डा, दुध
फोलेट–दाल, गेडागुडी, कलेजो, सुन्तला, पालुंगो, हरिया सागपात
आइरन– रातो मासु, गाढा हरिया सागपात, गेडागुडी ।
खानेकुराबाट मात्र आइरनको आवश्यकता पूर्ति नहुने भएकाले आइरन चक्की तथा फोलेट पनि सेवन गर्नुपर्छ ।