यी व्यक्तिले सबभन्दा छिटो धेरै पीरो खुर्सानी खाएर रचे कीर्तिमान (हेर्नुहोस् भिडियो)

२९ असार २०७५, शुक्रबार ०६:२९

असार २९, काठमाडौं । एजेन्सी

दक्षिण चीनको हुनान प्रान्तमा वार्षिक रूपमा खुर्सानी प्रतियोगिता मनाइने गरेको छ । प्रतियोगितामा खुर्सानी खानुपर्छ अनि खुर्सानीको तलाउमा नुहाउनुपर्छ ।

एक व्यक्तिले तलाउमा नुहाए अनि एक मिनेटमा ५० वटा खुर्सानी खाइदिए ।

उनलाई पुरस्कारस्वरूप २४ क्यारेट सुनको तीन ग्रामको सिक्का दिइयो ।

प्रतियोगिताको फाइनलमा १० जना पुगेका थिए । तीमध्ये सबभन्दा छिटो ५० खुर्सानी खाने मानिसलाई विजेता घोषित गरियो ।

ताङ शुआइहुइ नामक व्यक्तिले पुरस्कार जित्नुबाहेक सबभन्दा छिटो पीरो खुर्सानी खाने कीर्तिमान पनि आफ्नो नाममा पारे ।

(हेर्नुहोस् भिडियो)

हुनानमा विगत दुई वर्षदेखि खुर्सानी प्रतियोगिता आयोजना गरिएको छ । यसको थिम लोकल पार्क राखिन्छ । प्रतियोगितामा जोखिम देखेर चिकित्सकहरूलाई पनि बोलाइन्छ ।

खुर्सानी खाने प्रतियोगितामा मानिसहरूलाई खुर्सानी र पानी भरिएको एउटा तलाउमा छिर्न लगाइन्छ । तलाउमा तीन टन खुर्सानी हालिन्छ ।

खुर्सानी पनि चीनको विशेष पीरो राख्ने गरिन्छ । तर प्रतियोगीहरूलाई छालाको समस्या नहोस् भनी विचार गरिन्छ ।