यी फुटबल खेलाडी जसको देशको जनसंख्या भन्दा बढी इन्स्टाग्राम फलोअर्स !

११ असार २०७५, सोमबार ०६:५०

असार ११, काठमाडौं । एजेन्सी

रुसमा चलिरहेको फूटबल विश्वकपमा आइसल्यान्डका फूटबलर रुरिक गिस्लासनलाई आफ्नो सुन्दर लूक्सका लागि सेक्स सिम्बोलको उपाधि दिइएको छ ।

विश्वकपको गेममा देखिएपछि यी ३० वर्षीय खेलाडीको सामाजिक सञ्जालमा फलोअर्सको संख्या ह्वात्तै बढ्यो । धेरैजसो फलोअरहरू दक्षिण अमेरिकी छन् ।

ब्राजिली अभिनेत्री गेब्रिएला लोपेजले पनि यी खेलाडीको व्यक्तित्वलाई प्रचार गरिन् ।

गेब्रिएलाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा गिस्लासनको तस्वीर राखेर लेखिन्, ‘यति धेरै क्युट हुन कसरी सम्भव छ भन्या ?’ त्यसपछि त युवतीहरूमा यी फूटबलरको स्मार्टनेसको चर्चा चल्न थाल्यो ।

गिस्लासनले चाहिँ आफ्नो ध्यान फूटबलमा मात्र रहेको बताए ।

गिस्लासन आइसल्यान्डका लागि फर्वार्ड पोजिसनबाट खेल्छन् । उनले यो विश्वकपमा एउटा पनि गोल गरेका भने छैनन् । तर अहिले उनको सुन्दरताका कारण इन्स्टाग्रम अकाउन्टमा यति धेरै फलोअर्स बढे कि त्यति त उनको देशको जनसंख्या नै छैन ।

गिस्लासनका सात लाख इन्स्टाग्राम फलोअर्स छन् । आइसल्यान्डको जनसंख्या जम्मा तीन लाख ३४ हजार छ ।

आइसल्यान्डले अर्जेन्टिनाविरुद्ध पहिलो म्याच खेल्दा इन्स्टाग्राममा उनका ३० हजार फलोअर्स मात्र थिए । तर म्याचपछि उनी सेक्स सिम्बोल कहलिन थाले अनि फलोअर्सको संख्या ह्वात्तै बढ्यो ।