यातायात ब्यवसायीहरु न मर्न सकेको न बाँच्न सकेको अवस्थामा छन्ः अध्यक्ष अधिकारी

१२ भाद्र २०७७, शुक्रबार २०:०७

काठमाडौं ,सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका केन्द्रिय अध्यक्ष होम प्रसाद अधिकारीले लामो चार महिना सम्मको लकडाउन र पछिल्लो पटक जारी निषेधाज्ञाले सार्वजनिक यातायात क्षेत्रमा धेरै प्रभाव परेको बताउनु भएको छ । आयोखवर संग फोन बार्तामा बोल्दै अध्यक्ष अधिकारिले उक्त कुरा बताउनु भएको हो ।
उहाँले यातायात ब्यवसायीहरु न मर्न सकेको न बाँच्न सकेको अवस्थामा रहेको समेत बताउनु भयो । यो कोरोना भाईरस संक्रमण नेपालमा प्रवेश गरे संगै यातायात ब्यवसायी , मजदुर लगायतको समस्या थपिदै गएको गुनासो समेत अधिकारीले पोख्नु भयो । अध्यक्ष अधिकारीले ब्यवसायीहरुले बैकको किस्ता तिर्न समेत नसकेको बताउनु भयो । (बिस्तृत भिडियोमा हेर्नुस्