यस्ता छन , हरियो धनियाँका फाइदाहरु

४ बैशाख २०७७, बिहीबार १२:५४

धनियाँ, जसले खानाको स्वाद र बासना बढाउने काम गर्छ । यसलाई हामी तरकारी, अचार र चटपटेलगायत चीजहरूमा प्रयोग गर्दछौँ । यो स्वादका लागि नभएर स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ । यसको दानादेखि पत्तासम्म विभिन्न रोगको उपचारका लागि प्रयोग गर्न सकिन्छ ।

धनियाँका फाइदाहरु

हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।

पेटमा रहेका कीटाणुलाई पनि हरियो धनियाले मार्ने गर्छ । धनियाँ खाँदा शरीरमा सञ्चय भएका अक्सिडेन्टलगायत विकार शरीर बाहिर निस्किन्छ ।

तपाईलाई रुघाखोकीबाट ग्रसित हुनुहुन्छ भने धनियाँको रसमा मिश्री, बेसार र चूर्ण मिसाएर पिउनुहोस् । धनियाँको दाना चबाउँदा पनि चिसो लागेको र रुघाखोकीका लागि राम्रो हुन्छ । चियामा धनियाँको प्रयोग स्वास्थका लागि निकै फाइदाजनक मानिन्छ ।

पेटमा जुका, चुर्ना जस्ता केही संक्रमण छन् भने सख्खरमा धनियाँको पाउडर मिसाएर सेवन गर्नुहोस्

तपाईको नाकबाट रगत बग्ने समस्या छ भने धनियाँको रस नाकमा राख्नुहोस् तपाईलाई चाँडै आराम मिल्छ ।

धनियाँ र सुप बराबर कुटेर मिश्री मिसाएर १ र १ चम्चा बिहान र बेलुका खाने गरेमा गर्मिले पेट पोल्ने रोग एक हप्तामा नै निको हुन्छ ।

सुप र गेडा धनियाँ बराबर मात्रामा कुटेर चूर्ण बनाउनुहोस् र आवश्यक मिश्री हाल्नुहोस् र खानापछि एक र एक चम्चा चूर्ण पानीसंग सेवन गर्नुहोस् ।

धनियाँमात्रै होइन धनियाँको पानी पिउनुहोस्

धनियाँले जिब्रोलाई स्वाद दिने मात्र नभई विभिन्न रोगबाट पनि बचाउने काम गर्छ । त्यसका लागि नियमित धनियाँको दाना भिजाएको पानी पिउने गर्नुपर्छ ।

धनियाँमा भएको पोटासियम, भिटामिन सी, क्याल्सियम र म्याग्नेसियमले शरीरमा सकारात्मक प्रभाव पार्छ । यसले पेटको समस्याबाट पनि बचाउने काम गर्छ ।

नियमित धनियाँको पानी प्रयोग गर्दा कलेजोको समस्याबाट समेत बच्न सकिन्छ । यसमा भएको फाइबर र इसेन्सियल आयलले कलेजोसँग सम्बन्धित रोगबाट बचाउने काम गर्छ ।

धनियाँमा डोडेनल भन्ने विशेष तत्व हुन्छ, जसले टाइफाइडको ब्याक्टेरियाबाट बचाउन मद्दत गर्छ ।

धनियाँको पानीले शरीरमा गुड कोलेस्ट्रोलको मात्रा बढाउँछ । दैनिक सेवन गर्दा मुटुसम्बन्धी रोगबाट समेत बच्न सकिन्छ ।