यस्ता छन् चिप्ले भिन्डी खानुका सात फाइदा

१७ मंसिर २०७७, बुधबार ०९:२३

चाहे सागसब्जीको कुरा गरौं वा फलफूलको, मौसम अनुकूल सेवन गर्नु लाभदायक हुन्छ । यतिबेला चिप्ले भिन्डीको मौसम सुरु भएको छ ।

लेडी फिङ्गर अर्थात चिप्ले भिन्डीको पकवान अनेक हुनसक्छ । यसलाई उसिनेर खान सकिन्छ, तरकारीको रूपमा खान सकिन्छ । यो निकै स्वादिलो सब्जी हो, जो स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ ।

१। एक अध्ययनबाट के थाहा भएको छ भने, चिप्ले भिन्डीमा रहेको तत्वले आन्द्रामा हुने कोलोन क्यान्सरको बिषालु तत्वलाई हटाउने क्षमता राख्छ । भिन्डी क्यान्सरमा फाइदाजनक हुन्छ ।

२। भिन्डीमा प्रोटिन, क्याल्सियम, बोसो, कार्बोहाइड्रेड, सोडियम र फलामका साथै फोस्फोरस जस्ता स्वास्थ्यका लागि आवश्यक सबैजसो तत्व सामेल हुन्छ ।

३। भिन्डीको प्रयोगले केस लामो सामयसम्म कालो र घना हुन्छ । भिन्डीको सेवन मात्र होइन, यसलाई स–सना टुक्रामा काटेर केसमा लगाउन सकिन्छ । यसले केसलाई मुलायम बनाउँछ ।

४। भिन्डीले तौल नियन्त्रण गर्न पनि सघाउँछ । यसले शरीरमा बढ्ने बोसोलाई घटाउँछ, जसको कारण पेटमा अतिरिक्त बोसो लाग्दैन र तौल नियन्त्रण हुन्छ ।

५। हरियो भिन्डीमा रहेको आइरन तत्वले हाम्रो शरीरमा निकै फाइदा पुर्याउँछ । यसले रगतमा हेमोग्लोबिन निर्माण गर्छ, जसले तपार्इंलाई एनिमियाबाट बचाउँछ । यसका साथै भिन्डीमा रहेको भिटामिनले रक्तश्राव रोक्न सहयोग गर्छ ।

६। यसमा रहेको फाइबरले कब्जियतको समस्या हटाउन सहयोग गर्छ ।

७। भिन्डीले ब्लडमा सुगरको मात्रा कम गर्छ । यसले गर्दा मधुमेहका रोगीलाई भिन्डी सेवन उपयोगी हुन्छ ।