यसरी चक्नाचुर भयो काठमाडौंमा बामदेवको चुनाव लड्ने सपना

२५ आश्विन २०७५, बिहीबार १४:३८

काठमाडौं–७ बाट उपचुनाव लड्ने नेपाल कम्युनिस्ट पार्टी नेकपा का सचिवालय सदस्य बामदेव गौतमको चाहनामा करिब करिब ‘ब्रेक’ लागेको छ । गौतमको उम्मेदवारीलाई लिएर नेकपाभित्र बढ्दो अन्तरविरोध पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिकापछि बामदेवको चुनाव लड्ने चाहनामा ‘ब्रेक’ लागेको हो ।

काठमाडौं–७ का सांसद रामवीर मानन्धरले  बामदेवका लागि ठाउँ खाली गरिदिने घोषणा गरेपछि यस विषयमा नेकपाभित्र छलफल सुरु भएको थियो । नेकपाको सचिवालयमा पार्टी अध्यक्ष ओलीसहितका केही नेताले गौतमको उम्मेदवारीका विषयमा प्रश्न उठाएपछि बामदेवका जटिलता बढेका हुन् ।रामवीर मानन्धरले प्रचण्ड र गौतमसँग आफ्नो राजीनामाका विषयमा कुराकानी गरेका थिए ।

स्रोतका अनुसार गौतमले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीसँग यस विषयमा कुराकानी गर्न मानन्धरलाई सुझाव दिएका थिए । प्रधानमन्त्री ले समय नदीय पछि मानन्धर छलफलका लागि अर्का अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेका थिए । खुमलटारमा मानन्धर अघि नेता गौतम पुगिसेका थिए । त्यही छलफलमा प्रचण्डले राजीनामा दिने मनसाय हो भने सचिवालय वैठकमा छलफल गर्नुपर्ने बताएका थिए । पछि तीन नेताको सल्लाहामा मानन्धरले राजीनामा स्वीकृतका लागि निवेदन प्रचण्डलाई बुझाएका थिए । त्यही निवेदन सोमबारको सचिवालयको बैठकमा पेश भएको थियो ।

बैठकमा महासचिव विष्णु पौडेलले निवेदन पत्र पठेर सुनाउँदा सचिवालय सदस्य ईश्वर पोखरेलले भने खुलेरै विरोध गरेका थिए । पछि उनले यो विषयमा सामाजिक सञ्जालमा पनि विरोध जनाए ।सचिवालयको बैठकपछि प्रधानमन्त्री ओलीले सांसद मानन्धरसँग कुरा गरेका थिए । उक्त कुराकानीमा प्रधानमन्त्री ओलीले मानन्धरले राजीनामा दिन सक्ने नामै किटान गरेर बामदेवको नाम निवेदन नलेख्न निर्देशन दिएको स्रोतले जनाएको छ

पछिल्लो विवादले उनलाई फेरि काठमाडौंमा चुनाव लड्न नहुने ठाउँमा पुर्यायो । ‘सबैतिरबाट घेराबन्दी सुरु भयो । मिडिया र सोसल मिडियामा पनि  यस्तो अवस्थामा अब रिक्स लिएर चुनाव लड्ने सम्भावना करिबकरिब सकिए जस्तो देखिन्छ ।’ गौतम निकट नेकपाका एक नेता भन्छन्, अब बस्ने सचिवालय बैठकको निर्णय अन्तिम हुनेछ ।

गत निर्वाचनमा बर्दिया–१ बाट पराजित बामदेवलाई संसदमा ल्याउने प्रयास हुँदै आएको छ । यसअघि डोल्पा, ललितपुर, नवलपुर, पूर्वी रुकुम, प्युठान, धनकुटा– र बाँके– बाट उपनिर्वाचन लडाउने योजना बनेको थियो । तर, उक्त क्षेत्रका सांसदले राजीनामा दिन नमानेपछि वैकल्पिक क्षेत्र खोजिँदै आएको थियो । अन्तिम समयमा आएर बामदेव काठमाडौं–७ मा पनि चुनाव लड्न नपाउने सम्भावना बढेको छ