म कुनै समूहमा छैनः नेकपा अर्घाखाँचीका नेता चौहान

८ पुष २०७७, बुधबार २१:०३

अर्घाखाँची, नेकपाको विभाजनको संघारमा पुगेका बेला नेकपा अर्घाखाँचीका प्रभावशाली नेता राम बहादुर चौहानले आफु पार्टी विभाजनको पक्षमा नरहेको प्रष्ट पार्नु भएको छ ।

केपी शर्मा ओली र प्रचण्ड नेपाल पक्षको रुपमा अर्घाखाँचीमा विभिन्न नेताहरुको नाम सार्वजनिक भैरहेका बेला नेता चौहानले आफु हालसम्म कुनैपनि पक्षमा नरहेको प्रष्ट पार्नु भएको हो ।

नेता चौहानले आफु कुनै समूहमा नरहेको अहिले शुभचिन्तकहरुसंग परामर्शमा रहेको बताउनु भएको छ ।

आम शुभचिन्तकहरुको राय र सुझाव अनुसार नै आफु अगाडी बढ्ने प्रष्ट पार्दै नेता चौहानले अनावस्यक भ्रममा नपर्न सवैलाई आग्रह समेत गर्नु भएको छ । (पहिलो अपडेटबाट साभार)