म्यानचेस्टर सिटी उपाधि नजिक : इंग्लिस प्रिमियर लिग

१८ चैत्र २०७४, आईतवार ०७:३४

चैत १८, काठमाडौं ।

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ । शनिबार रातिको खेलमा एभर्टनलाई ३-१ ले हराएको म्यानचेस्टर सिटीले अब एक खेल जित्नुपर्ने छ । आगामी शनिबार हुने खेल पनि जितेमा सिटीले उपाधि उचाल्ने पक्का हुने छ ।

शनिबार म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा छ ।

उपाधि नजिक पुगेको सिटीले अझै सात खेल बाँकी छ तर उसले अहिले नै ८४ अंक बटुलिसकेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ६८ अंक छ ।

शनिबार राति एभर्टनलाई हराउने क्रममा सिटीका लागि लिरोय, गाब्रिएल र स्ट्रलिङले गोल गरेका थिए ।

एभर्टनका लागि बोलासिइले एक गोल गरेका थिए ।