मोटरसाईकल दुर्घटनामा दाङमा दुईजनाको मृत्यु

४ आश्विन २०७६, शनिबार ११:२१

दाङ , मोटरसाईकल दुर्घटनामा दाङमा दुईजनाको मृत्यु भएको छ । घोराही उपमहमानगरपालिका वडा नं ९ का २५ वर्षीय मनोज विक र घोराही उपमहमानगरपालिका वडा नं ५ धर्नाका २५ बर्षकै दीपक विकको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

गएराति घोराहीवाट तुलसीपुरतर्फ जाँदै गरेको रा ४ प ७४९३ नम्वरको मोटरसाइकल अनियन्त्रित भइ सिमेन्टको पिलरमा ठोक्किदा दुर्घटना भएको वताइएको छ । जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले उनीहरु दुबै जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति मृत्यु भएको जानकारी दिए ।