मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

२३ चैत्र २०७९, बिहीबार १५:३७

सप्तरीको विसनपुर–बोदेवरसाइन सडकमा बिहीबार एक युवकको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको छ । मृत्यु हुनेमा बोदेवरसाइन–५ भाटीनका १७ वर्षीय सागर पण्डित रहेको प्रहरीले जनाएको छ ।

विसनपुरबाट बोदेवरसाइनतर्फ आउँदै गरेको १७ प ९४७५ नम्बरको मोटरसाइकल बोदेवरसाइन-२ वैरियामा अनियन्त्रित भई बिहीबार अपराह्न दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भिर घाइते मोटरसाइकल चालक सागरलाई वरसाइनस्थित जीवनज्योति अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो । मोटरसाइकल पछाडि सवार १५ वार्षीय सुमित पण्डितको सोही अस्पतालमा उपचार भइरहेको छ ।