मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२२ पुष २०७६, मंगलवार १४:४०

ओखलढुङगा, ओखलढुङगाको सुनकोशी गाउँपालिका–३ स्थित सिस्नेरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार राती साढे १० बजे बा ६५ प ७४७३ नम्बरको मोटरसाइकल मानेभञ्ज्याङबाट सुनकोशी गाउँपालिकाको बल्खुतर्फ जानेक्रममा दुर्घटना भएको हो।

दुर्घटनामा स्थानीय ४५ बर्षीय शेरबहादुर मगरको मृत्यु भएको छ। मोटरसाईकल अनियन्त्रित भई बाटोबाट अन्दाजी ३०० मिटर तल खसेर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।