मोटरसाइकल जुध्दा १ जनाको मृत्यु

६ आश्विन २०७५, शनिबार १८:२७

 

लहान । सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्डस्थित सुखीपुर नगरपालिका–२ मा गएराति दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।

सुखीपुरबाट जिरोमिरोमाइलतर्फ आउँदै गरेको स९प १११ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको स२प १३०९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा स९प १११ नम्बरको मोटरसाइकल चालक सिरहाको बरियारपट्टि गाउँपालिका–४ निवासी बिकाउ यादवको मृत्यु भएको हो ।

सो घटनामा स२प १३०९ मोटरसाइकलमा सवार सिरहाकै धनगढीमाई नागरपालिका–५ निमचोक निवासी २६ वर्षीय रामउदगार महतो गम्भीर घाइते भएको र उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेकोे बताइएको छ ।