मैत्रीपूर्ण फुटबलमा फ्रान्स र जमर्नी बराबरी

२९ कार्तिक २०७४, बुधबार ०४:१८

कात्तिक २९, एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा फ्रान्सले विश्वकप बिजेता जर्मनीलाई उसैको मैदानमा बराबरीमा रोकेको छ ।

मंगलबार राति भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले जर्मनीलाई २ – २ गोलको बराबरीमा रोकेको हो । जर्मनीको घरेलु मैदानमा भएको खेलमा फ्रान्सका लागि दुवै गोल एलेक्जेन्डर लाकाजेटले गरेका थिए । जर्मनीका टिमो विर्नेर र लार्श स्टीन्डलले एक एक गोल गरे ।

आगामी बर्ष रुसमा हुने विश्वकप फुटबलको तयारीका लागि फ्रान्स र जर्मनीले मैत्रीपूर्ण खेल खेलेको हो । दुवै टोलीले रुसको यात्रा तय गरिसकेका छन् ।  खेलमा सुरुवाती अग्रता भने फ्रान्सले लिएको थियो । पहिलो हाफको ३३ औं मिनेटमा लाकाजेटले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाए । दोस्रो हाफको ५६ औं मिनेटमा टिमोले जर्मनीका लागि बराबरी गोल फर्काए । खेलको ७१ औं मिनेटमा आर्सनलका लाकाजेटले व्यक्तिगत दोस्रो गोल गर्दै पुन फ्रान्सलाई २ – १ को अग्रता दिलाए । तर, खेलको ९० औं मिनेटमा लार्शले गोल गर्दै जर्मनीलाई हारबाट जोगाए । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन र खेल २ – २ को बराबरीमा सकियो ।