मृत भेटिएकी महिलाको हत्या “लिभिङ टुगेदर”मा रहेका ‘प्रेमी’बाट भएको खुलासा

३ बैशाख २०७५, सोमबार ०९:१३

वैशाख ३, काठमाडौं ।

टोखा ७ धापासी हाइट जाने बाटोमा मृत भेटिएकी महिलाको आफ्नै ‘प्रेमी’ले हत्या गरेको खुलेको छ । उनलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राति साढे ८ बजेतिर धापासी हाइटको करिडोर सडकमा महिला रगताम्मे अवस्थामा भएको खबर पाएपछि प्रहरी टोली पुगेको थियो । मतृक गोरखा घर बताउने करिव ३२/३३ वर्षकी पूणिर्मा विक भएको खुलेको छ ।

उनी मिस्त्री काम गर्थिन् । श्रीमानले छाडेपछि पछिल्लो समय उनीसँगै काम गर्ने पर्सा ठोरी घर भई धापासी बस्ने विजय तामाङसँग नजिकिएकी थिइन् ।

मिस्त्री काम दुबै जना उनी सात महिनादेखि धापासी हाइटमासँगै बस्दै आएको खुलेको छ ।

तर, बेलाबेला कोठामा नजाने गरेका कारण पछिल्लो समय पूणिर्माप्रति शंका लागेको विजयले बयान दिएका छन् । आइतबार पनि कोठामा जान आग्रह गरेको तर, नमानेपछि आफूले ढुंगाले हानेको उनले प्रहरी समक्ष स्वीकार गरे ।

पुणिर्मालाई ढुंगाले हानेर हिँडेका उनी कोठामा पुगेर खाना पकाएर खाएका थिए । सोमबार विहान प्रहरीले पक्राउ गरेपछि मात्र उनले पुणिर्माको मृत्यु भएको थाहा पाएको बताएका छन् । उनको कोठामा रगत लागेको पाइन्ट भेटिएको छ ।