मृगौला प्रत्यारोपण गरेको अभियोगमा चार जना जेल चलान

२७ कार्तिक २०७६, बुधबार १३:३०

काठमाडौं , निदान अस्पतालका कार्यकारी निर्देशक सिइयोसहित ५ जना कारागार चलान भएका छन् । उनीहरुलाई नक्कली भान्जा बनाएर मृगौला प्रत्यारोपण गरेको अभियोगमा कारागार चलान गरिएको हो । कारागार चलान हुनेहरुमा निदान अस्पतालका सिइओ विपेन्द्र प्रधान, कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डा राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रामचन्द्र आले समेत रहेका छन् ।
गत असोज २९ गते उनीहरुलाई पक्राउ गरिएको थियो । काठमाडौँ जिल्ला अदालतले पक्राउ परेका उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेस सुनाएपछि कारागार चलान गरिएको जनाइएको छ ।