मुस्ताङमा एक भारतीय नागरिकको मृत्यु

१९ मंसिर २०७६, बिहीबार ११:५०

पोखरा , मुस्ताङमा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार भारतको छत्तिसगढको रायपुर बस्ने ६१ वर्षीया सरालु नाडुको मृत्यु भएको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम बजारको एक होटलमा बास बसेको अवस्थामा उनको मृत्यु भएको हो । अत्यधिक उचाइका कारण उनको मृत्यु भएको बताइएको छ । यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।