मुस्ताङको लेते कालोपानीमा हिउँको कामना गर्दै हिउँ पूजा ।

११ माघ २०७७, आईतवार १६:१२

जोमसोम , अनुकुल मौसममा समेत हिउँ पर्न छोडेपछि मुस्ताङको थासाङ गाउँपालिका लेत कालोपानीबासीले शनिबार नजिकैको सलनकुना जंगलको पूजाथानमा धार्मिक परम्परा अनुसार हिउँको पूजाआजा गरेका छन् ।लेते कालोपानीका गाउँ मुखिया रविन्द्र तुलाचनको पहलमा स्थानीयले हिउँको कामना गर्दै पूजाआजा गरेका हुन् ।

हिउँ पर्न ढिला भएपछि जिल्लाका स्याउ, आलु ,उवा, तोरी ,मकै र जौ उत्पादक किसान समस्यामा परेका हुन् । हिउँ नपर्दा पूजाआजा गरेपछि हिउँ पर्ने धार्मिक जनविश्वासका कारण हिउँ पुजा गर्नु परेको गाउमुखिया रविन्द्र तुलाचनले जानकारी दिए । उनले पुसको पहिलो सातामै परिसक्नु पर्ने हिउँ माघ लाग्दा समेत नपरेको बताए ।

मुस्ताङको थासाङ कालोपानी लेतेका करिब १५ जना स्थानीय पुजारीसहितको टोलीले हिउँको कामना गर्दै पुजाआजा गरेका छन् ।हिउँ पर्ने मौसममा समेत हिउँ नपरेकाले गाउँले मिलेर नजिकैको पूजाथानमा सेतो भाले बलि चढाएर हिउँको पूजा गरेको स्थानीय नरसिंह शेरचनले जानकारी दिए ।