मुलुकमा नयाँ मण्डलेहरुको उदय भयोः कोइराला

१३ आश्विन २०७६, सोमबार १७:३०

चितवन , नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशमा नयाँ मण्डलेहरुको उदय भएको बताउनु भएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले जनताले आफ्ना विचार राख्न नपाउने, बोल्न नपाउने, केहि गर्न नपाउने जस्ता पञ्चायत कालमा पनि नभएको बताउनु भयो ।
उहाँले भन्नु भयो, “मुलुकमा नयाँ मण्डलेहरुको उदय भएको छ । मण्डलेहरुलाई जवाफ दिन अब जरुरी छ ।” देशमा अधिनायकवाद सुरु भइसकेको भन्दै उहाँले कांग्रेसले यसको भर्त्सना गरेर मात्रै नहुने र कडा कदम चाल्न जरुरी रहेको बताउनु भयो ।