मुलुकमा द्वन्द्वको खतरा बढ्योः बिश्लेषक बिष्णु प्रसाद शर्मा

२९ फाल्गुन २०७५, बुधबार १४:१६

काठमाडौं , राष्ट, राष्टियता प्रति सरकार उत्तरदायित्व हुनु पर्ने बिश्लेषक बिष्णु प्रसाद शर्माले बताउनु भएको छ । आयोखवर संगको कुरामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाइएको प्रतिवन्ध बारे उहाँले निषेध, बिभेद र प्रतिसोधले समस्याको समाधान नहुने बरु झन द्दन्द निम्तने खतरा रहेको बताउनु भयो । सरकारले मंगलबार बेलुकीबाट विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएपछि बिश्लेषक शर्माले यस्तो कुरा बताउनु भएको हो । उहाँले विप्लव लगायत असन्तुष्ट रहेका सवै समूहहरुलाई विश्वासमा ल्याउनका लागि सरकारसँग दुरदर्शिता र क्षमता नभएको टिप्पणी गर्नु भयो । आफ्नै दाजु भाईलाई विश्वासमा लिएर देशमा शान्ति कायम गर्न नसक्नु बर्तमान सरकारको असफलता रहेको शर्माले बताउनु भयो । उहाँले बर्तमान सरकारको गलत निणर्यका कारण मुलुक द्वन्द्वतर्फ धकेल्नि खोजेको दावी गर्नु भयो । मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गतिविधिलाई आपराधिक ठहर गर्दै प्रतिबन्ध लगाएकोप्रति इंगित गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले आफैले लालन पालन गरी हुर्काएको गुटलाई धरपकड गर्ने र तराईको एउटा सानो समूलाई काखी च्याप्ने जस्ता कामले मुलुकमा मुठभेड निम्तन सक्ने खतरा देखिएको बताउनु भयो । अहिलेको बर्तमान सरकारले देशलाई अशान्ती र द्वन्द्वतर्फ धकेल्न खोजेको प्रति असन्तुष्ट ब्यक्त गर्नु भयो । सरकारले भष्टचारलाई रोक्न नसकेको, जनताका आधारभूत आवश्यकता पुरा गर्न नसकेको र दुई तिहाइको दम्भले सरकार तानाशाही बन्नतर्फ लागेको उहाँको आरोप छ । उहाँले देशलाई बचाइराख्न अब देशभक्त युवाशक्तिको सशक्त भूमिका रहनु पर्ने बताउनु भयो । उहाँले यो धरपकडको अवस्थालाई छोडेर बार्ताको माध्यमवाट यो समस्याको समाधान गर्नु पर्ने सुझाव दिनु भयो । बिप्लव नेतृत्वको नेकपा र अन्य असन्तुष्ट समूहहरुलाई हल्का फुल्का नसम्झिन समेत बिश्लेषक शर्माले चेतावनी दिनु भयो । उहाँले बार्ताको माध्यमवाट सरकारले समस्या समाधान गर्ने कुरामा खासै ध्यान नदिएको उल्टै लुटेरा समूह भनेर तडपाउने र भडकाउने काम भएको बताउनु भयो । उहाँले अव मुलुकमा शान्ति कायम गर्ने हो भने ११ बैषाक २०६३ सालको तत्कालिन सात दल र राजा संग भएको सम्झौता यथासिघ्र कार्यान्वयन गदै सवै असन्तुष्ट समूहहरुलाई समेट्दै अगाडी बढनु पर्ने आजको आबश्यकता भएको बताउनु भयो ।