मुलुकमा इमान्दार राजनीति गर्नेहरुको अभाव छः पूर्वराष्ट्रपति यादव

१८ फाल्गुन २०७५, शनिबार १६:४१

काठमाडौं, पूर्व राष्ट्रपति डा रामवरण यादवले मुलुकमा इमान्दार नेताहरु नभएको दावी गर्नु भएको छ । पूर्व राष्ट्रपति यादवले मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, विपी कोइरालाजस्ता नेताहरु कोही भए आफूलाई देखाई दिन पनि चुनौति दिनु भयो ।
शनिबार डिल्लीबजार बहुमुखी क्याम्पसको ३९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले ठेकेदार र पैसा लिएर सांसद बनाउने काम भइरहेकाले मुलुकमा इमान्दार राजनीति गर्नेहरुको अभाव रहेको तर्क पनि गर्नु भयो । पूर्व राष्ट्रपति यादवले राजनीति ठिक नभएकाले मुलुकको शैक्षिक क्षेत्रको पनि उचित विकास हुन नसकेको बताउनु भयो । पूर्व राष्ट्रपति यादवले मुलुकको भूगोल सुहाउँदो शिक्षाको आवश्यकतामा जोड दिँदै विज्ञहरुको सुझाव लिएर मुलुकको शिक्षा क्षेत्रको उचित विकासमा सरकारले आवश्यक कदम चाल्नुपर्ने बताउनु भयो ।