मुटु रोगबाट बच्न नियमित यौन सम्पर्क आवश्यक

१८ मंसिर २०७६, बुधबार १२:१५

नियमित यौनसम्पर्क हुँदा जति फाइदा गर्छ, कहिले काहिको सहभागिताले बेफाइदा पुग्ने गरेको अनुसन्धानहरूले देखाएका छन् ।
नयाँ अध्ययनले दाबी गरेअनुसार यौनक्रियामा कहिलेकाहीँ संलग्न हुनेहरूलाई हृदयघातको सम्भावना दोब्बर हुने बताइएको छ । यो निष्कर्षमा पुग्नुअघि हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पुराना अनुसन्धानपत्रहरूको अध्ययन गरेका छन् । यसमा उनीहरूले के पाए भने यौन समागम कहिलेकाहीँ गर्ने वा व्यायाममा अनियमितता राख्नेहरूको हृदयाघातबाट मृत्यु हुने जोखिम अढाई गुणासम्म बढी हुने गरेको छ ।
यस्तै, नियमित स्वस्थ यौनमा संलग्न हुनेहरूलाई मुटुको रोग लाग्ने सम्भावना अरुको दाँजोमा आधा कम हुने बताइएको छ । ‘जामा’ जर्नलमा प्रकाशित अध्ययनमा अनुसन्धाताहरूले १४ वर्ष भन्दा बढी पुराना अनुसन्धानहरूको विश्लेषण गरेका थिए ।
उनीहरूले हृदयाघातको कारणमा यौनक्रियामा कम सहभागी हुने भएको पाएका थिए । अनुसन्धानमा पाइएअनुसार मुटुसम्बन्धी खतरालाई सबै प्रकारका शारीरिक गतिविधिले ३।५ गुणा र यौनसम्पर्कले २।७ गुणासम्म कम गर्ने छ । मुटुसम्बन्धी समस्या भएमा नियमित सहबास गर्न पनि सुझाइएको ।अध्ययनमा संलग्न जेसिका पालस भन्छिन, ‘नियमित यौन वा अन्य शारीरिक गतिविधिले मुटुमा हुन सक्ने हानिलाई कम गर्दै लैजान्छ ।क्यानडा नेपालबाट