मुटुरोग विशेषज्ञ डा लव जोशीको निधन

२४ मंसिर २०७७, बुधबार ०८:४७

काठमाडौं। वरिष्ठ मुटुरोग विशेषज्ञ डा लव जोशीको उपचारका क्रममा निधन भएको छ।

डा जोशीको मंगलबार साँझ मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

५१ वर्षीय डा जोशीलाई केही दिन अघि मात्र रक्त क्यान्सर भएको निदान भएको थियो।

डा जोशी मेडिसिटी अस्पतालमा मुटुरोग विभागको विभागीय प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो ।