मुख्य मन्त्रीहरु प्रधानमन्त्रीका फोटोकपीः थापा

१० आश्विन २०७६, शुक्रबार ०९:१३

काठमाडौं , नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य गगन थापाले मुख्य मन्त्रीहरु प्रधानमन्त्रीका फोटोकपी भएको आरोप लगाउनु भएको छ ।

नेपाली कांग्रेस जुम्लाले आयोजना गरेको वृहत् आमसभामा बोल्दै थापाले उक्त आरोप लगाउनु भएको हो ।
थापाले केपी शर्मा ओलीलाई संघियता असफल बनाउनेतर्फ लागेको आरोप समेत लगाउनु भएको थियो ।