मुख्यमन्त्री पौडेल डिस्चार्ज

२७ जेष्ठ २०७६, सोमबार १४:४७

हेटौंडा, मुटुको भल्बमा समस्या देखिएर अस्पताल भर्ना हुनु भएका प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल डिस्चार्ज हुनु भएको छ ।

१९ जेठमा अस्पताल भर्ना हुनु भएका मुख्यमन्त्री पौडेल एक साता अस्पताल बसाइपछि डिस्चार्ज हुनु भएको हो । नियमित स्वास्थ्य परीक्षणका क्रममा मुटुमा समस्या देखिएपछि उहाँको एनजिओप्लास्टी गरिएको थियो ।

मुटुको नियमित परीक्षणका लागि काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा पुग्नु भएका मुख्यमन्त्री पौडेलको एनजिओग्राफी गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना हुनु भएको थियो ।

अस्पतालका मुटुरोग विशेषज्ञ डाक्टर चन्द्रमणि अधिकारीको टोलीले उहाँको उपचार गरेको थियो । अस्पताल भर्ना भएसँगै एक साताका लागि सार्वजनिक कार्यक्रम स्थगित गरिएको थियो ।

मुख्यमन्त्री अस्वस्थ भएपछि २४ र २५ जेठमा हेटौंडामा हुने प्रदेश समन्वय परिषद्समेत स्थगित भएको थियो ।