मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ नियुक्त : प्रदेश ४

२९ माघ २०७४, सोमबार १०:२१

माघ २९, काठमाडौं ।

एमाले प्रदेशसभा संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबार गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

गुरुङ आइतबार मात्र दलको नेता चुनिएका थिए ।

६० सदस्यीय प्रदेशसभामा एमालेको २७ सांसद छन् ।

माओवादी केन्द्रको पनि समर्थन भएपछि गुरुङ मुख्यमन्त्री बनेका हुन् ।

गुरुङले पर्सि मुख्यमन्त्रीको सपथ लिनेछन् ।