मुख्यमन्त्रीको शाहीको शपथग्रहण तीन बजे

४ फाल्गुन २०७४, शुक्रबार ०६:११

फागुन ४, काठमाडौं ।

प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको शपथग्रहण शुक्रबार दिउँसो तीन बजेपछि हुने भएको छ ।

मुख्यमन्त्रीमा नियुक्त भएसँगै बिहीबार नै प्रदेश प्रमुखको सचिवालयले शपथको तयारी गरेको थियो ।

तर, मन्त्रिपरिषद् विस्तार गरेर शपथ लिने गरी शुक्रबार दिउँसोका लागि समय तोकिएको हो ।

मुख्यमन्त्री शाहीले आज केही मन्त्रीहरुसहित शपथ लिने तयारी गरेका छन् ।

स्रोतका अनुसार एमालेले पनि आजै केही मन्त्रीहरु पठाउने तयारी गरेको छ ।

एमालेबाट प्रकाश ज्वाला, अम्मर थापा, खड्क केसी, दल रावल लगायतको चर्चा छ ।

यसैगरी, माओवादीबाट नरेश भण्डारी, बिमला केसी र सीता नेपाली मध्यबाट मन्त्री बन्ने चर्चा छ ।