मिस्टर एण्ड मिस रोटराक्ट प्रतियोगीताको फाइनल फागुन २५ मा

१९ फाल्गुन २०७५, आईतवार १८:२९

काठमाडौं, रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल र भुटानको आयोजनामा मिस्टर एण्ड मिस रोटराक्ट प्रतियोगीताको फाइनल फागुन २५ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ । देशका ५ मुख्य शहरमा माघ १२का दिन अडिसन सम्पन्न भई करिब २०० सहभागीबाट ७७ जना दोस्रो चरणका लागि छानिएका थिए । यस चरणबाट विभिन्न क्रियाकलापका आधारमा मुल्यांकन भइ ३६ प्रतियोगी १८ पुरुष र १८ महिला अन्तिम चरणका लागि छानिएका हुन । उक्त ३६ प्रतियोगीलाई ३ दिने बन्द शिविरमा राखि विभिन्न नेतृत्व तथा व्यक्त्तिव विकासको प्रशिक्षण दिई कार्यक्रमको फाइनलमा प्रस्तुत गरिदैछ ।
फाइनलको मुख्य अतिथीका रुपमा रोटरी डिस्ट्रिक्ट ३२९२ का गभर्नर रो चिन्तामणी भट्टराई रहने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा गभर्नर भट्टराई र गायिका केन्जल मेहर श्रेष्ठको विशेष प्रस्तुति रहने कार्यक्रम संयोजक रो पेशल भट्टराईले बताउनु भयो । यस कार्यक्रमको मुख्य उद्देश्य बाहिरी सुन्दरताको् नभई मुल्यांकन प्रशिक्षण र स्वयंमा कति विकास देखिन्छ र कसरी प्रस्तुत गर्ने भन्नेमा केन्द्रित हुनेछ । देशभरी छरिएर बसेका रोटराक्टर र रोटेरियनलाई समावेश गर्ने गरि यस कार्यक्रमको आयोजना गरिएको संयोजक भट्टराईले बताउनु भयो । यस प्रतियोगिताका बिजेताहरुले रोटरी नेपालको साक्षरता अभियानका दूत भई विभिन्न कार्यक्रममा सहभागी भई काम गर्ने बताईएको छ ।
प्रतियोगीताको मुख्य प्रायोजकमा युनिक्याम्पस ग्लोबल, आर।बी डायमन्डस्, टर्किस् एयरलाइन्स र सक्सेस ट्रेडिड रहेका छन।यसका साथै कार्यक्रमलाई नेपाल इन्भेस्टमेन्ट बैँक लिमिटेड, डिश होम, मदर्श आर्म चाइल्ड केयर,काठमाडौ प्याराग्लाइडिङ र भायनेटले पनि सहयोग गरेका छन्।