मिर्गौला पीडित अरुणलाई नेपाली देशभक्तको आर्थिक सहयोग

१६ पुष २०७४, आईतवार १५:५७

पुस १६, काठमाडौं । नेपाली देशभक्त युवा समाजद्वारा दाङ निवासी मिगौला पिडित अरुण खनाललाई उपचार सहयोगार्थ रु. एक लाख एक हजार एक सय रुपैयाँ हस्तान्तरण गरेको छ । नेपाली देशभक्त युवा समाजले सामाजिक सदभाव, युवा नेतृत्व विकास तथा क्षमताको वृद्धि विकास गर्दै आम नेपाली युवाहरुबीच भातृत्व कायम गराउदै राष्ट्रिय स्वाधिनताको लागि सकारात्मक शन्देश प्रवाह गर्दै आईरहेको छ । त्यस्तै समाजले राजधानीको माइतीघर मण्डलामा अहिलेसम्मकै विशाल नेपाल राष्ट्रि झण्डा फराएको छ ।    स्वदेश तथा विदेशमा रहेका नेपाली युवाहरुको समस्या आवाजलाई बुलन्ध पार्दै राष्ट्र निर्माणमा एक बनाउने उद्देश्यका साथ यस अभियान सञ्चालन गर्दै आएका छन् ।

सामाजिक संस्था नेपाली देशभक्त युवा समाजका संस्थापक केन्द्रिय सदस्य भीम लामा, उपत्यका समन्वय समितिका अध्यक्ष राधिका सापकोटा सहितको टोलीले उक्त रकम हस्तान्तरण गरेको हो । उनका आमा सीता खनाल र पीडित अरुण खनाल सहित उनका श्रीमतीलाई सो रकम हस्तान्तरण गरेको उपत्यका समन्वय समितिका अध्यक्ष राधिका सापकोटाले जनाइन् ।

२२ वर्षिय  अनिलको दुवै मिगौलाले काम गर्न छाडेपछि मृगौलाको प्रत्यरोपण गर्न लाखौं खर्च लाग्ने र घरको आर्थिक अवस्था नाजुक भएकाले उनलाई बचाउन परिवारले सहयोग मागेका छन् ।  हाल उनको नियमित डइलिसिस गराउन भक्तपुर स्थित मानव अंग प्रत्यरोपन स्वास्थ्य केन्द्रमा भर्ना गरेका छन् । बुबा हेमलाल खनाल र आमा सीता खनालका छोरा अरुणलाई बचाउन आफन्त र स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सहयोगको अपिल गरेका छन् । सो अनुरुप नेपाली देशभक्त युवा समाजले विभिन्न देश तथा स्वदेशमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई सहयोगको आह्वान गर्दै उक्त रकम संकलन गरि पीडितलाई बुझाएका छन् ।

हप्ताको २ पटक डइलिसिस गरिरहेका उनको आउने फागुनसम्म प्रत्यरोपन गर्नुपर्ने उनका आमा सीताले बताइन् । उक्त आर्थिक सहयोग संकलन अभियानमा नेपाली देशभक्त युवा समाजका राजन रेग्मी, कलव राज छेत्री, धामी झप्पर, बिरेन्द्र धानुक र बाबुराम बन्जाडेको सक्रिया भूमिका रहेको छ ।