मिडियाले डोजरले जस्तै कुनै लाई माथि उठाउने र कुनैलाई तलझार्ने गरेका छन् : परराष्ट्र मन्त्री ज्ञवाली

२७ श्रावण २०७५, आईतवार १२:१०

साउन २७, काठमाडौं ।

परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले सरकारको प्रमुख प्राथमिकता विकास,समृद्धि र सुशासन कायम राख्ने लक्ष्य भएको बताएका छन । राजधानीमा सम्बाद क्लव नेपालको पन्ध्र्रौ बार्षिकउत्सव कार्यक्रमलाई विशेष सम्बोधन गदै मन्त्री ज्ञवालीले यस्तो कुरा बताएका हुन । सरकारले बिकासको कुरा गर्दा विपक्षी दलहरुले बिरोध गरेको भन्दै त्यसको कुनै औचित्य नभएको स्पष्ट पारे । विपक्षी दल नेपाली कांग्रेसले सरकारका ऐजेन्डालाई अन्यथा नसोची सरकारलाई सहयोग र साथ दिनुपर्ने कुरा बताए । सरकारले आफ्नो कार्यकाल भित्र शासकीय सुधार गरेरै छाड्ने उद्घोष समेत गरे । सरकार बनेको यो छोटो अवधिमा सरकारले सुधारका धेरै काम गरेको समेत बताए ।

सरकारले रेल र पानी जहाज चलाउने कुरा गर्दा प्रधानमन्त्रीलाई व्यग्य गदैै केही व्यक्रिले सडकमा जमेको पानीमा कागजको डुङगा छोड्दिने गरेको भन्दै सरकारले विकासका कुरा गर्दा के अपराध भयो भन्दै प्रश्न समेत गरे । परराष्ट्र मन्त्री ज्ञवालीले देशमा संचार माध्यमको तीब्र गतीमा बिकास भए पनि मिडियाबाट दुरुपयोग भएको समेत आरोप लगाए । पछिल्लो समयमा आउँदा मिडियाले डोजरले जस्तै कुनै लाई माथि उठाउने र कुनैलाई तलझार्ने काम गर्ने गरेको भन्दै केही मिडिया माथि असन्तुष्टी जनाए ।

त्यस्तै नेकपा मालेका महासचिव सिपी मैनालीले क्लवलाई शुभकामना दिदै बर्तमान सरकार जनताको जनजिवीकाको कुरा भन्दा हावादारी कुरामा बढी केन्द्रीत भएको आरोप लगाए । पूर्वउपप्रधान मन्त्री समेत रहेका मैनालीले बर्तमान सरकारले पानी जहाज र रेलका कुरा गरेर जनताको ऑखामा छारो हाल्ने काम गरेको आरोप लगाए ।

नेपाली कांग्रेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नारायण खड्काले पनि बर्तमान सरकारको बिरोध गरे । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डको अभिव्यक्तीले सरकार तानाशाहीको बाटो हिडेको आरोप लगाए । कुनै सरकारको दुई तिहाई बहुमत भयो भन्दै जे पायो त्यही काम गर्न नपाईने भन्दै सरकारको काम प्रति असन्तुष्टी जनाए । कार्यक्रम सम्वाद क्लवका अध्यक्ष रामप्रसाद गैरेको सभापतीत्वमा समापन भएको हो ।