मिगौला पीडितहरुलाई अर्थिक सहयोग

३१ श्रावण २०७७, शनिबार ११:४५

काठमाडौं , निजगढ काठमाडौं सेवा समाजले मिगौला पीडितहरुलाई अर्थिक सहयोग गरेको छ । आज काठमाडौ स्थित संवाद क्लव नेपालमा एक कार्यक्रम बिच निजगढ काठमाडौं सेवा समाजले तीन जना मिगौला पिडितहरुलाई एक लाख नन्बे हजार चार सय सत्तरी रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

मिगौला पिडित रजत खडका,सुमिना मोक्तान, कृष्ण प्रसाद तिमाल्सिनाले तिरसठी हजार चार सय नब्बेका दरले आर्थिक सहयोग पाएका हुन् । मृगौला पीडितहरु निजगढ नगरपालिका भित्रका स्थानीय बासी हुन । समाजका संयोजक समिर पोखरेल , सदस्यहरु प्रदिप पन्त , राम कुमार लामा , बिनोद घिमिरेले रकम संयुक्त रुपमा पीडितका आफन्तहरुलाई हस्तान्तरण गर्नु भएको हो । कार्यक्रमका सभापति तथा समाजका संयोजक समिर पोखरेलले सेवा नै हाम्रो धर्म हो भन्दै यस्ता पून्यका कामहरु बिगतका दिनहरुमा पनि गदै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताउनु भयो ।