मालपोत कार्यालय सिरहामा बम बिस्फोट

७ पुष २०७४, शुक्रबार १०:०६

पुष ७, सिरहा ।
मालपोत कार्यालय सिरहामा बम बिस्फोट भएको छ । बिष्फोटका कारण तीन जना घाइते भएको प्रहरीले बताएको छ ।

दिउँसो साढे एक बजे भएको उक्त बिस्फोटमा परी सिरहा नगरपालिका १२ सारसरका राजकुमार पासवान, रोशन कुमार पासवान र लेखापढी व्यवसायी पवन पासवान घाइते भएका छन् । तीन जनामध्ये सिरहा एक नम्बर वडाका पवनको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि पठाउने तयारी भइरहेको छ । मालपोत कार्यालय नजिकै बिस्फोट भएकाले प्रहरीले मालपोत परिसर खाली गराइएको छ ।