मालपोत कार्यालय साँखुमा कार्यरत नायब सुब्बा घुससहित पक्राउ

२३ पुष २०७६, बुधबार १६:१०

काठमाडौं , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय साँखुमा कार्यरत नायब सुब्बा रामेश्वर कुइँकेललाई सेवाग्राहीसँग रु दुई हजार घुस लिँदालिँदै नियन्त्रणमा लिएको छ । टङ्गालस्थित आयोगको कार्यालयबाट खटिइएको टोलीले उनीसँगै लेखापढी व्यवसायी श्रीराम सापकोटालाई पनि नियन्त्रणमा लिएको हो ।

कुइँकेलले सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरेबापत उक्त रकम घुस लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनु भयो ।