मालपोतमा सरलीकृत फारम सेवा 

२३ आश्विन २०७५, मंगलवार १३:१०

 

सरकारले भूमि सुधार तथा मालपोत कार्यालयहरुमा सेवाग्राहीको कामलाई सहज बनाउन ‘सरलीकृत फारम’ व्यवस्था गरेको छ ।

भूमिसम्बन्धि सेवाग्राहीको कामलाई सहज, सुलभ र पाददर्शी बनाउने उद्देश्यले सरकारले मंगलबारबाट भूमि सुधार तथा मालपोत कार्यालयहरुमा सरलीकृत फारम सेवा शुभारम्भ गरेको हो ।

ललितपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयमा एक कार्यक्रमका बीच सो सेवाको शुभारम्भ गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालले जनतालाई सहज, सुलभ र पारदर्शी ढंगले भूमिसम्बन्धि सेवा उपलब्ध गराउन सेवाको शुभारम्भ गर्नु परेको स्पष्ट पारिन् ।

३४ वटा भूमि सुधार तथा मालपोत कार्यालयहरुमा एकसाथ शुभारम्भ गरिएको सो सरलीकृत फारम सामान्य नागरिकले पनि भर्न सक्ने गरी व्यवस्था गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिय । मन्त्रालयले एक वर्षभित्र १ सय ५ वटै भूमि सुधार तथा मालपोत कार्यालयहरुमा सो सरलीकृत फारमको व्यवस्था गर्न लागिएको पनि जनाएको छ ।