‘मायाको मिटर’ गीत सार्वजनिक

५ आश्विन २०७६, आईतवार १८:४४

काठमाडौं , लक्ष्मी निर्मल कोइरालाको स्वरमा रहेको गीत ‘मायाको मिटर’ को भिडियो सार्वजनिक भएको छ । हिमाल सागरको शब्द तथा संगीत रहेका उक्त गीतमा सञ्जय हमालको संगीत संयोजन रहेको छ ।

अर्जुन अधिकारीको निर्देशन र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतको भिडियोमा अञ्जली अधिकारी र निराजन प्रधानलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायांकन, विकास धमलाको सम्पादन रहेको भिडियोमा महेश्वरमान राजभण्डारीको मिक्सिङ÷मास्टरिङ रहेको छ ।