माओवादी केन्द्रले एमालेसँग पार्टी एकताबारे छलफल गर्ने

१६ आश्विन २०७४, सोमबार १७:१०

काठमाडौँ, १६ असोज । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा नेकपा (एमाले) सँगको पार्टी एकताबारे छलफल भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको बैठकमा एमालेसँग पार्टी एकता र चुनावी तालमेलबारे छलफल गर्न अध्यक्ष प्रचण्डको नेतृत्वमा नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहेको उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता पम्झा भुसालले जानकारी दिनुभयो ।

नेकपा एमालेले बाम तालमेल गर्ने आइतबार मात्रै एमाले स्थायी कमिटी बैठकले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघको चुनावमा देशभक्त, प्रगतिशल र वामपन्थी दलसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको थियो ।