महानगरपालिकाको कार्यालय परिसरमा बम बिष्फोट

२७ श्रावण २०७५, आईतवार १५:०४

साउन २७, काठमाडौं ।

बिराटनगर महानगरपालिकाको कार्यालय परिसरमा बम बिष्फोट भएको छ ।

मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर बम विष्फोट भएको हो ।

विष्फोटबाट त्यहाँ राखिएका सोफा र सिसाहरूमा क्षति पुगेको मोरङका एसपी मनोज केसीले बताए ।

थप विवरण आउन बाँकी छ ।