महँगो मूल्‍यमा पेट्रोल बेच्‍ने ३ पक्राउ

६ चैत्र २०७६, बिहीबार १५:४३

बागलुङ पेट्रोल पम्पबाट ठूलोमात्रामा पेट्रोल किनेर पसलमा राख्दै सर्वसाधारणलाई महँगो मूल्‍यमा बिक्री गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी र राष्ट्रिय उपभोक्ता मंचका पदाधिकारीको टोलीले बागलुङ बजारका खेम थापा, रमेश महत र सुमन श्रेष्ठलाई पक्राउ गरेको हो। उनीहरुले पेट्रोल पम्पबाट ल्याएको सस्तो तेल महँगोमा बेचेको प्रहरीले आरोप लगाएको छ। बोतलमा राखेर एक लीटरको डेढसय रुपैयाँसम्म बेचेको भेटिएको प्रहरी उपरीक्षक नवराज भट्टले बताउनु भयो ।