मल्टिपल भिसा

२४ पुष २०७४, सोमबार १०:०९

पुस २४, बेइजिङ । (एजेन्सी)
चीनले उच्च प्रतिभाशाली विदेशीलाई आकर्षित गर्न लामो अवधीको भिसा व्यवस्था गरेको छ । उक्त मल्टी एन्ट्री भिसा ५ देखि १० वर्षका लागि वैध हुने चीनियाँ सञ्चार माध्यमले जनाएको छ । यस भिसाका लागि प्राविधिक विशेषज्ञ, उद्यमी र वैज्ञानिकहरुलाई आवेदन गर्न योग्य मानिएको छ ।पहिलो पटक ल्याईएको यस योजनाले कम्तिमा ५० हजार विदेशीलाई फाइदा हुने चीनले जनाएको छ ।

अनलाइनबाट आवेदन दिन सकिने यस भिसाका लागि शुल्क नलाग्ने र चाँडै प्रोसेस हुने बताइएको छ । भिसा पाउनेले एक पटकमा १ सय ८० दिन देशमा रहन सक्ने र आफ्नो परिवारलाई पनि ल्याउन सक्ने व्यवस्था छ ।