मलेसियामा एक नेपालीको मृत्यु

२९ कार्तिक २०७४, बुधबार ०७:४१

कात्तिक २९, काठमाडौं ।

सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१ का अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको छ । वैदेशिक रोजगारीका क्रममा मलेसियाको मेमारा रेकाल एसडिआइभी बिएचडी कम्पनीमा कार्यरत चौधरीले मंगलबार राति खाना खाएर सुतेका र बिहान उनलाई साथीहरुले उठाउन जाँदा मृत फेला परेको मृतक चौधरीका भान्जा पर्ने बिटुकुमार मिश्रले जानकारी दिनुभयो ।

दुई वर्ष अगाडि वैदेशिक रोजगारीका क्रममा चौधरी मलेसिया पुगेका थिए । अन्जनीको मृत्युको खबरले अहिले सिंगो तिलाठी गाउँका युवा शोकमग्न भएका छन् । यता मृतकको शव मलेसियाबाट चाँडो नेपाल फर्काइदिन सम्बन्धित निकाय र नेपाल सरकारलाई उनका परिवार जनले आग्रह गरेका छन् । योसँगै वैदेशिक रोजगारीका क्रममा जानथाले देखि सप्तरीबाट विदेशमा ज्यान गुमाएका युवाको संख्या २९ पुगेको बताइएको छ ।