मन्त्री फेर्नेबारे प्रधानमन्त्री र प्रचण्डबीच भेट बार्ता

२८ फाल्गुन २०७५, मंगलवार १५:४४

काठमाडौं, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच मन्त्री परिवर्तन गर्नेबारे भेट बार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको दुई अध्यक्षबीचको भेटमा मन्त्रिमण्डल पुर्गठन गर्नेबारेमा छलफल भएको हो । नेकपा अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा आफू र प्रधानमन्त्री ओलीबीच छलफल भएको खुलासा गर्नु भएको हो ।विराटनगरमा मंगलबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले प्रधामन्त्री ओलीसँग मन्त्रिमण्डल पुनर्गठनका विषयमा छलफल भएको बताउनु भयो ।प्रचण्डले मन्त्री फेर्ने वा पुनर्गठन गर्ने जिम्मेवारी प्रधानमन्त्रीलाई नै दिइएको पनि जानकारी दिनु भयो ।