मन्त्री पण्डितले एक वर्ष भित्र माक्स लगाउन नपर्ने गरी काम गर्ने, विपरीत काम गर्ने जस्तोसुकै व्यक्तिलाई पनि दण्डित गर्न पछि नपर्ने

१६ फाल्गुन २०७४, बुधबार ०७:४५

फागुन १६, काठमाडौं ।

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले एक वर्ष भित्र माक्स लगाउन नपर्ने गरी आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मन्त्री पण्डितले देश र जनताको हित विपरीत काम गर्ने जस्तोसुकै व्यक्तिलाई पनि दण्डित गर्न आफू पछि नपर्ने पनि स्पष्ट पारे ।


बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले वातावरणीय प्रभाव मूल्यांकन नगरी खुलेका उद्योग बन्द गराउन अरुले नसकेपछि त्यस्ता उद्योगलाई दण्डित गर्न आफू अग्रसर भएको पनि स्मरण गराए ।

मन्त्री पण्डितले देश र जनताको पक्षमा काम गर्दा आफूलाई सबैले साथ दिने विश्वास पनि व्यक्त गरे ।