मन्त्रीबाट हटाइएका सोडारी नेकपाको साधारण सदस्यबाट समेत निस्कासन

२८ कार्तिक २०७५, बुधबार ०८:३०

सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रीबाट बरखास्तगीमा परेका दीर्घ सोडारीलाई नेपाल कम्युनिष्ट पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ।

उनलाई आचरणविपरित काम गरेको भन्दै नेकपाको प्रदेश कमिटिले साधारण सदस्य सहित सबै पदबाट हटाएको नेता कर्ण थापाले जानकारी दिए।उहाँले आचरण विपरित काम गरेको पाइयो। त्यसैले पार्टीको साधारण सदस्य सहित सबै पदबाट हटाउने निर्णय भएको छ उनले भने उहाँलाई हटाउने बारे पार्टीलाई जानकारी गराइएको छ सोडारीले कस्तो काम गरेपछि पार्टीले उनलाई कारबाही गरेको भन्नेबारे उनले खुलाएनन्। भाइटीकाको दिन मन्त्री सोडारीको गाडीले मोटरसाइकललाई ठक्कर दिएको विषयमा विवाद भएको थियो। मुख्यमन्त्री कार्यालयले उनलाई हटाउनुको स्पष्ट कारण दिएको छैन।

सोडारी तत्कालीन एमालेका कैलाली जिल्ला अध्यक्ष थिए। उनले कैलालीको ४ को प्रदेश क्षेत्र ुकुबाट चुनाव जितेका थिए। मन्त्रीबाट बर्खास्त र पार्टीबाट निस्कासित नै भए पनि उनी सांसद भने रहनेछन्।उनलाई हटाएपछि कृाष्ण सुवेदीलाई सामाजिक विकासमन्त्री बनाइएको छ।