मन्त्रिपरिषद् बैठक सकियो

११ आश्विन २०७७, आईतवार १६:२१

काठमाडौं , आज दिउसो बसेको मन्त्रिपरिषद‍‍्को बैठक सकिएको छ । आइतबार मध्यान्ह प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत डा अन्जन शाक्यलाई अधिकार दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनु भयो ।

नेकपाका दुई अध्यक्षबीच आज बिहान भएको छलफलमा मन्त्रीमण्डल हेरफेर गर्नेबारे छलफल भएपनि त्यसबारे मन्त्रिपरिषदमा कुनै प्रसंग नआएको उहाँको भनाइ छ । मन्त्रीमण्डल हेरफेर तथा थप गर्नेबारे पछिल्लो समय नेकपा दुई अध्यक्षबीच छलफल चलिरहेको छ ।